कोरोनाबारे भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ

पोखरा । कोरोना भाइरसबारे भ्रामक प्रवचन दिने क्रिस्चियन धर्मगुरु केशवराज आचार्य पक्राउ परेका छन् ।
प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै आचार्यले भ्रम फैलाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्ने आचार्यलाई सोमबार साँझ कास्की प्रहरीले पक्रेर हिरासतमा राखेको छ । यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए ।
उनको प्रवचनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसअघिदेखि नै उनले नेपालको कानुन विपरीत क्रिश्चियन धर्म फैलाउने काम गर्दै आएका थिए । ‘विपदको बेलामा सहयोग गर्नुको साटो अफवाह फैलाएर असहयोग गरे’, डीएसपी केसीले भने, ‘उनीविरुद्ध अफवाह फैलाएको मुद्दा चलाउँछौं ।’
प्रतिक्रिया दिनुहोस्