कोरोना पुष्टि भएकी किशोरीसँगै आएका युवालाई पनि क्वारेन्टाइनमा लगिँदै

काठमाडौँ । गत चैत्र चार गते फ्रान्सबाट नेपाल फर्किएकी १९ वषीया किशोरीमा कोरोना पुष्टि भएपछि उनीसँगै जहाजमा आएका एक युवालाई पनि क्वारेन्टाइनमा राखिने भएको छ ।
आइतबार कोरोना जाँच गर्दा पोजेटिभ देखिए पछि उनीसँगै आएका बागलुङको ढोरपाटन नगरपालिकास्थित अधिकारी चौरका त्यी युवालाई समेत क्वारेन्टाइनमा राखिने भएको हो ।
सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फ्रान्सबाट फर्किएकी त्यी किशोरीमा कोरोना पोजेटिभ भेटिएको जानकारी दिएका थिए ।
चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौँ आएकी सङ्क्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रमिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ ।
किशोरी सँगै आएका त्यी युवा अहिले आफ्नै गाउँमा छन् । उनलाई युवालाई पैदल यात्रामार्फत आज बुर्तिबाङ बजारमा ल्याइने भएको छ ।
उनलाई बुर्तिबाङ बजार ल्याएर क्वारेन्टाइनमा राखेर परीक्षण, उपचार लगायत अरू प्रक्रिया अघि बढाउने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्