भक्तपुरमा डरलाग्दो दुर्घटना, दर्जनौ गाडीहरु आपसमा ठोक्किए
अरनीको राजमार्गअन्तर्गत भक्तपुरको सल्लाघारीमा करिब १ दर्जन सवारी साधनहरु एक आपसमा ठोक्किएका छन् ।
सोमबार दिउँसो करिब ३ बजेतिर सल्लाघारी चोक नजिक गाडीहरु एक आपसमा ठोक्किएका हुन् । प्रत्यक्षदर्शीका अनुसार सिमसिम पानी परिरहेको बेला चिप्लिएर गाडीहरु एक आपसमा ठोक्किएका हुन् ।
शुरुमा एउटा भ्यानले मोटरसाइकलाई ठक्कर दिएपछि सडकमा मोबिल पोखिएको थियो । सोही मोबिलमा अन्य गाडीहरु पनि चिप्लिएपछि एक आपसमा ठोक्किएका हुन् । स्थानीय प्रहरीका अनुसार दुर्घटनामा करिब ८ जनाजति घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्