कोरोना प्रभाव : ‘दुई नम्बरी’ छायांकन पनि रोकियो

काठमाडौं । कोरोना प्रभावका कारण कास्कीको घाचोकमा छायांकन भइरहेको फिल्म ‘दुई नम्बरी’ को छायांकन रोकिएको छ ।
सम्पूर्ण छायांकन पोखरामा गरिने भनिएको यो फिल्मको ३५ दिनमा शूटिङ सकाइने योजना थियो । अब भने कोरोना त्रासका कारण फिल्मको छायांकन पछि धकेलिएको हो ।
फिल्ममा पल शाह र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहनेछ । ‘दुई नम्बरी’ बाट नेपाली रजतपटमा भुटानी नायिका उगेनले डेब्यु गरेकी छिन् । रोहित कट्टेल र सरोज नेपालीले निर्माण गरेको यो फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् भने किरण नेपाली प्रस्तुतकर्ता छन् ।
प्रतिक्रिया दिनुहोस्