काठमाडौँ, १० चैत

कोरोना आशंका गरिएका बिरामीहरुलाई पाँचवटा अस्पतालमा चेकजाँच तथा उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डेले कोरोनाका आशंकामा बिरामी टेकु अस्पतालमा मात्रै उपचार हुँदै आएकोमा अबदेखि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बीपी प्रतिष्ठान, धुलिखेल अस्पताल, सशस्त्र प्रहरीको अस्पतालमा उपचारका लागि स्थान तोकिएको जानकारी दिए ।

नेपालमा अहिलेसम्म एकजनालाई मात्रै कोरोनाको संक्रमण देखिएको थियो । उनलाई पनि निको भइसकेको छ । कोरोनाको आशंका गरेर अस्पताल आउने क्रम बढेकाले मन्त्रालयले थप अस्पतालमा व्यवस्था गरेको जानकारी दिए ।