बिना अनुमति बिदेशी विमानबाट नेपाल आएका ५५ नेपाली क्वारेन्टाइनमा

काठमाडौं । विभिन्न मुलुकबाट स्वदेश आएका ५५ जनालाई भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएको छ ।
यसअघि चीनबाट ल्याइएका १७० जना नेपालीलाई त्यहाँ राखिएको थियो ।
कोरोनाको संक्रमण देखिएका मुलुकबाट आएका उनीहरुलाई भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार कुन मुलुकबाट कति आएका भन्ने खुलाइएको छैन । सिल्क एयर र एयर इन्डियाको विमानबाट उनीहरु नेपाल आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्