कोरोनाबाट बच्न ‘लक डाउन’ ! कति प्रभावकारी ?

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको संक्रमणबाट त्रसित भइरहेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको उक्त भाइरस अहिले विश्वभरि फैलिरहेको छ । यसबाट बच्न विभिन्न देशले आफुअनुसार पूर्वतयारी गरिरहेका छन । पूर्वतयारी अन्तर्गत नेपालले पनि कोरोना भाइरसबाट बच्न तयारी थालेको छ । नेपाल सरकारले स्कुल, कलेज, डान्सबार, जिम, सिनेमा हल, सभा समारोह पनि तत्कालका लागि स्थगित गरिसकेको छ। शुक्रबारबाट देशभरका अदालतसमेत बन्द भएका छन् । सार्वजनिक यतायातमा पनि सुरक्षा अपनाइएको छ । जसमध्येको एक तयारी हो ‘लक डाउन’।
के हो ‘लक डाउन’ ?
‘लकडाउन’ को मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो । त्यही नीतिअनुसार नेपालमा पनि सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ ।सार्वजिनक स्थलमा हिडडुल गर्न प्रतिबन्ध लगाइए पनि बिहान तथा बेलुका निश्चित अवधि तोकेर बाहिर निस्कन र अति आवश्यक एवं दैनिक उपभोगका समान खरिद गर्न मौका दिइन्छ।
लक डाउन लागु भएपछि के हुन्छ?
पहिलो चरणको ‘लक डाउन पछि पनि अवस्था सामान्य नभए दोस्रो चरणमा लक डाउन कडा हुनेछ। नागरिकलाई घरमै अनिवार्य रुपमा बस्न आग्रह होइन, आदेश दिइनेछ। आदेश उलंघन गरे कारबाही गर्ने व्यवस्था हुनेछ। यो महामारीबाट बच्न लागि एकान्तवास अथवा ‘आइसोलेशनु मुख्य उपायका रुपमा लिइएको छ। कोरोनाबाट आक्रान्त भएका चीन तथा युरोपका देशहरुले पनि त्यो उपाय कार्यान्वयन गर्न ‘लकडाउनु को निर्णय गरेका छन्।
नेपालमा ‘लक डाउन’ कति प्रभावकारी ?
‘लक डाउन’ पुरै मुलुकमा नभएर निश्चित क्षेत्रमा बढी प्रभावकारी मानिन्छ । ‘लक डाउन’ भएको अवस्थामा विभिन्न क्षेत्रको भौतिक सम्बन्ध निश्चित समयका लागि विच्छेद हुने सम्भावना रहन्छ । जस्तो कि काठमाडौं उपत्यकालाई ‘लक डाउन’ गरियो भने उपत्यकामा रहेका व्यक्ति अत्यावश्यक काममा त्यो पनि अनुमति लिएर मात्रै जान पाउनेछन् । चीनको बुहानमा पनि यस्तै नीति अबलम्बन गरिएको थियो । ‘लक डाउन’ पुरै मुलुकमा नभएर निश्चित क्षेत्रमा बढी प्रभावकारी मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्