कोरोना प्रभाव : काठमाडौं छाड्ने ह्वात्तै बढे (भिडियो समाचार)

काठमाडौँ । चीनको वुहान प्रान्तबाट विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसले यति बेला विश्व हल्लाइरहेको छ। यसबाट हाल मृत्यु हुनेको सङ्ख्या ८ हजार ६ सय ४८ जना पुगिसकेको छ भने करिब १६६ देशमा २ लाख ७ हजार ८ सय ५५ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।
यस्तै नेपालमा पनि यसको प्रभाव बढ्न सक्ने सङ्केत गरिएको छ। नेपाल सरकारले हाललाई सबै प्रशासनिक कामहरू बन्द गरेको छ।अन्तर्राष्ट्रिय आवतजावत कोरोनाकै कारण स्थगित भएको छ।आजबाट हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) कोरोनाकै कारण रोकिएको छ। लोकसेवा आयोगका सम्पूर्ण परिक्षहरु साथै विश्वविद्यालयका सम्पूर्ण पठनपाठनहरू आजबाट स्थगित भएको छ।
उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । यसका साथै काठमाडौँबाट बाहिरिने यात्रुहरूको चाप क्रमशः बढ्दै गइरहेको छ। नेपाल सरकारले कोरोनाका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेसँगै मानिसहरू सचेत भएका छन्। काठमाडौँको मुख्य बसपार्क गोंगबुमा काठमाडौँबाट बाहिरिने यात्रुहरूको भिड धान्नै नसक्ने मात्रामा छ।बिहीबार बिहानै देखी काठमाडौँबाट यातायात छुट्ने मुख्य ठाउँहरू गोंगबु, कलङ्की, कोटेश्वरबाट बाहिरिने यात्रुहरूको चाप बढेको हो।
हेर्नुहोस् काठमाडौँबाट बाहिरिने यात्रुहरूसँगको यो भिडियो :
प्रतिक्रिया दिनुहोस्