काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला र स्थानिय तहको समायोजनको प्रक्रिया चैत्र मसान्तसम्ममा हुने भएको छ ।

सचिवालय प्रमुख ध्रुब बहादर प्रधान र भाष्कर भद्राको संयुक्त अध्यक्षतामा पार्टीको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले संकटकालिन आर्थिक कोषको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

कोरोनाको विश्वव्यापी कहरबाट आयात निर्यात, औद्योगिक उत्पादन र वितरणमा प्रतिकूल असर उत्पन्न भई उद्योगपति, व्यापारी र लगानीकर्ताको आर्थिक अवस्था विग्रिदै गएको यथार्थलाई दृष्टिगत गरेर सरकारले उद्योगी, व्यापारी र लगानी कर्तालाई राहत दिन विशेष आर्थिक कार्यक्रम ल्याउनु पर्ने राप्रपाको माग रहेको छ।

भाइरसको प्रकोपका कारण पार्टीका ठूला सभा समारोह र २५ जना भन्दा माथिको भेला हुने सम्पूर्ण कार्यक्रमहरु हाललाई स्थगित समेत गरेको पार्टीले जनाएको छ ।