१५ सयले घट्यो सूनको मूल्य, तोलाको कति ?

काठमाडौं । साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ सयले घटेको छ । बुधवार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य १५ सयले घटेर आज छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ भने चाँदी बुधवारको तुलनामा ३० रुपैयाले घटेर प्रतितोला ६ सय ८० रुपैयामा कारोबार भइरहेको महासघंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्