काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (बिहीबार) देखि दैनिक भेटघाट अनिश्चित कालको लागि स्थगित गरेका छन्।

विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड-१९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट रोकेका हुन्।

अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उनको निवास पुग्ने गरेका छन्।

तर, आजदेखि भने अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ।