काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले प्रतिशोध साँधेर नेपाली कांग्रेसका कार्यकर्तामाथि प्रहार गराएको आरोप लागेको छ।

केही महिनाअघि नेकपा छाडेर  कांग्रेसमा प्रवेश गरेका जगदीश बस्नेतको भक्तपुरस्थित निवासको अगाडि आँगनमा रोकिराखेको गाडी बस्नेतले तोडफोड गर्न लगाएको कांग्रेस कार्यकर्ताको आरोप छ ।

जगदीश निकटले बताए अनुसार महेशका ड्राइभर र बहिनीले उक्त घटना गराएका हुन् । यसले नै गरेको हो भन्ने नभए पनि प्रतिशोधका रुपमा महेशको समूहले आफ्नो गाडीमा क्षति पुर्याएको दावी जगदीशको छ । उनका अनुसार महेशले प्रतिशोध लिने कुरा उनी र उनका कार्यकर्ताले गरिराख्ने समेत बताइएको छ ।

चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प ५८२८ नम्बरको कार तोडफोड भएको हो ।

यो घटनाबारे प्रहरीमा उजुरी गरिएको भए पनि प्रहरीले समेत घटनालाई कडाइका साथ नहेरेको बुझिएको छ ।

प्रहरी स्रोतका अनुसार यो घटनालाई प्रहरीले बस्नेतको दवावमा अगाडि बढाउन खोजेको छैन ।