प्रदेश २ लाई बाबुरामको व्यङ्ग्य– ‘कुछ तो शरम करो यारो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेश २ को नामकरण हुन नसकेपछि हिन्दीमा ट्विट गर्दै केही नेताहरूलाई व्यङ्ग्य गरेका छन् ।
उनले सो प्रदेशको नाम ‘मधेस प्रदेश’ किन हुन सक्दैन भनेर प्रश्न समेत गरेका छन् ।
नेता भट्टराईले ‘पूर्वमाओवादी’ नेताहरू मातृका यादव, प्रभु साह, भरत साह तथा ‘पूर्वनयाँशक्ति’ का नेताहरू रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलाई लक्षित प्रदेशको नाम मधेस प्रदेश किन हुन नसकेको भन्दै प्रश्न गरेका छन् ।
उनले व्यङ्ग्य गर्दै अन्त्यमा भनेका छन् ‘कुछ तो शरम करो यारो’
जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता?हमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैं?और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैं?कुछ तो शरम करो यारो!
— Baburam Bhattarai (@brb1954) March 18, 2020
प्रतिक्रिया दिनुहोस्