२ हजारले घटयो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ हजारले घटेको छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपियाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ८० रुपियाँबाट घटेर ७१० रुपियाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्