कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपतिविरुद्ध भारतमा मुद्दा

चिनियाँ राष्ट्रपति सि जिङपिङ र भारतका लागि चीनका राजदूत सीन वाइडङविरुद्ध मुज्जफुर अदालतमा मुदा दायर भएको हो। अधिवक्ता सुधीर कुमारले उनीहरुले कोभिड १९ फैलाएको आरोपमा मुद्दा लगाएका हुन्। यसको सुनुवाइ अप्रिल ११ मा न्यायीक अधिकारीको कार्यालयमा हुनेछ।
भारतभर विदेशीसहित १ सय १७ जनामा कोरोना संक्रमित भेटिएका छन्। जसमा दुईजनाको अहिलेसम्म ज्यान गइसकेको छ। गत वर्षको डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक कोरोना भाइरसको संक्रमित भेटिएका थिए।
कोरोना भाइरस सय भन्दा बढी राष्ट्रमा फैलिइसकेको छ। एक लाख ३० हजार भन्दा बढीमा यसको संक्रमण भएको पुष्टि भइसकेको छ। विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा फैलिइसकेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्