रोनाल्डोले कोरोनाबाट बच्न आफ्नै होटललाई अस्पताल बनाए !

चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको प्रभाव सुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै अमेरिकासम्म पुगेको छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण शनिबारसम्म पाँच हजार ५४७ व्यक्तिको निधन भइसकेको छ । यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार १७६ व्यक्तिको निधन भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र ‘मृत्युदर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ ।
शनिबारसम्ममा कोरोना भाइरसको सङ्क्रमण १३५ भन्दा बढी मुलुकमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनपछि बढी प्रभावित मानिएको इटली र इरानमा सङ्क्रमणका कारण क्रमशः एक हजार २६६ र ६११ व्यक्तिको निधन भएको छ । केही समय पहिले चीनको वुहान सहर कोरोना भाइरसको केन्द्रविन्दु मानिएको थियो तर प्रभावितहरूको सङ्ख्या निकै वृद्धि भएपछि विश्व स्वास्थ्य संगठनले हालको अवस्थामा यूरोपलाई सङ्क्रमणको केन्द्रविन्दु मानेको छ ।
आर्थिक मन्दीको प्रवल सम्भावना
यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले कोरोना सङ्क्रमणको प्रभाव विश्वव्यापी बनेपछि यसका कारण छोटो समयका लागि आर्थिक मन्दी हुनसक्ने सम्भावनाहरू देखिएको बताएको छ । यूरोपेली आयोगले यस वर्ष कोरोनाको प्रभावका कारण विश्व अर्थतन्त्र र व्यापारिक गतिविधिमा व्यापक प्रभाव पर्ने प्रक्षेपण गरेको छ ।
संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका मुलुकले भाइरस सङ्क्रमणका कारण प्रभावित भएका व्यवसायिक वातावरणलाई उठाउनका लागि आवश्यकता अनुसार ऋण प्रवाह गर्ने बताइसकेका छन् । जर्मनीले भाइरस सङ्क्रमणका कारण प्रभावित बजारलाई उकास्नका लागि पाँच खर्ब ५० करोड यूरो कर्जाका रूपमा आफ्ना स्वदेशी कम्पनीहरूलाई प्रवाह गर्ने बताएको छ ।
यसै क्रममा पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पताल बनाउने भएका छन् । पोर्चुगलमा समेत कोरोनाको सक्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा बनाउन लागेको बताइएको छ । समाचारमा जनाइए अनुसार रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेका हुन् ।
उक्त अस्पतालमा संक्रमित बिरामीको निस्शुल्क उपचार गरिने बताईएको छ । रोनाल्डोले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च निस्शुल्क गर्न लागेका हुन् । रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गर्न लागेका हुन् । त्यस्तै रोनाल्डोले नै उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि ब्यक्तिगत गर्ने बताइएको छ ।
इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्रमण भएको भनिए पनि पछि कोरोना नभएको पुष्टि भएको छ । रोनाल्डोको यस कार्यको अहिले विश्वभर तारिफ भइरहेको छ । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना संक्रमित भएको पृष्टि भएपनि अहिले सम्म कसेको ज्यान नगएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्