विराटनगर । कोरोना भाइरस संक्रमणको आशंकामा विरानगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका दुई जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।

कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार केही दिन अघि मात्र विदेशबाट आएका उनीहरूमा उच्च ज्वरो र रुखाखोकी देखिएपछि धरान रेफर गरिएको हो । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

कोरोनाको शंका लागेर आईसोलेसन वार्डमा रेफर गरिएको मिश्रले बताइन् ।