बेहुली लिन गएका ३ सय जन्ती रित्तै फर्किए……….

बालिकाको विवाह गर्न लागेको महिला अधिकारकर्मीहरुले प्रहरीमा दिएको सूचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ ।१८ वर्षीया सपनाको विवाहको तयारी भइरहेको थियो । लिंगाचौका गरेर हिजो सबैले साइत गरेका थिए ।गाउँबासी जम्मा भएका थिए ।
छोरी बालिका भएपनि विवाह गर्न लागेपछि गाउँका महिला अधिकारकर्मीहरुले प्रहरीलाई विवाह रोक्न खबर गरेका थिए । घटनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज बेहुली लिन गएपनि आदमघाटबाट टोली फर्किएको थियो ।
कृष्ण अधिकारीले २ वस र अन्य गाडी रिजर्व गरि ३ सय जन्ती लिएर आउदैं गरेको खवर फोनमा पाई सकेका बेहुलापक्षलाई वैरेनी प्रहरीचौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीले विवाह रोकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरिक्षक जनक बस्नेतले जानाकारी दिनुभयो ।
स्थानीय आमा समूहले उमेर नपुगेकोले विवाह नगरिदिन वारम्वार मौखिक अनुरोध गरे पनि नमाने पछि विवाह रोकिएको थियो ।माईती पक्षलाई विवाह रोक्न आदेश दिएको प्रहरीले दुलाहापक्षका जन्ती लाई आदमघाट स्थित शसस्त्र प्रहरी वेस क्याम्पवाटै फर्किएको थियो ।
यसैगरि आफूखुसी बालविवाह गरेको आरोपमा बालविावह गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का १६ वर्षीय बालिका र १७ वर्षीय बालकबीच विवाह भएकोले जिल्ला प्रहरी कार्याल जाहेरी दर्ता भएको हो ।
उनिहरुले फागुन २ गते भागेर विवाह गरेकोले उनिहरु दुबै जना बालक भएका कारण विवाह गर्न नमिल्ने भएकोले बालविवाह रोकेर बालविवाह सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी रुपक खड्काले जानाकारी दिनुभयो ।प्रहरीले बालिकाको स्वास्थ्य परिक्षण जिल्ला अस्पताल धादिङमा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्