कञ्चनपुर २९, फागुन। अभिभावक सन्तानका लागि आफ्नो खुसी उमङलाई तिलाञ्जली दिएर सन्तानको भविष्य र खुसी चाहन्छन् । तर कञ्चनपुरमा एक बाबुले आफ्नै छोराको निर्मतापुर्वक हत्या गरेका छन् । भीमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ बर्षिया छोरा सुर्वण चन्दको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बुधबार साँझतिर घरमै डम्बरले छोरालाई छुरा प्रहार गरेर घाईते बनाएको बताए । उपचारका लागि घरदेखि महाकाली अस्पताल ल्याउने क्रममा सुवर्णको मृत्यु भएको उनले बताए ।

छोरा माथी छुरा प्रहार गर्ने डम्बरलाई पक्राउ गरिसकेको बताउदै उनले घटना स्थलबाट छुरासमेत बरामद गरिएको बताए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । छोराको घाँटीमा छुरा प्रहार गर्ने कारण भने खुलेको छैन् । ‘जब डम्बर छुरा बोकेर घरभित्र पसे, छोराको घाँटीमा छुरा प्रहार गरिदिए । छुरा प्रहारबाट घाईते भएका बालक ५० मिटरसम्म दौडिए त्यही ढलेको स्थानीय बताउँछन् । स्थानीय एवम महिला अगुवा सन्तोषी साउदऐरले बालकमाथी डम्बरले छुरा प्रहार गरेपछि उनी भाग्दै आमालाई समेत भाग्न भनेको बताए । ‘बालकमाथी बाबुले छुरा हाने, ‘उनले भनिन, ‘बालक भाग्दै ठुलबाबुको घर पुगे, त्यही ढले ।’

अन्तिम सास रहदासम्म बालकले जन्मदिने आमालाई भाग मम्मी भन्दै ढले । मोर्डन मन्टेश्वरी बाल विद्यालय कक्षा ७ मा अध्ययनरत सुवर्णको मृत्युको खबरले पी्डित परिवार सहित गाउँ नै शोकमा डुबेको छ । मृतक बालकको शव महाकाली अस्पतालमा राखिएको छ । आफ्नै बाबुले छोराको हत्या गरेपछि समाजिक अपराधले सीमा नाघेको भन्दै स्थानीय चिन्तित भएका छन् । चरम समाजिक स्खललको उदाहरण भएको स्थानीयको बुझाई छ । स्थानीयले हत्यारामाथी कडाभन्दा कडा कार्बाहीको माग गरेका छन्।