कोरोनाभाईरसका कारण आजदेखि चेक गणतन्त्रका बिद्यालयहरु बन्द

काठमाडौं । बिश्वभर फैलिएको कोरोना भाइरसका कारण भोलि देखि चेक गणतन्त्रका सबै विद्यालय बन्द गरिने भएको छ । चेक गणतन्त्रका प्रधानमन्त्री एन्ड्रेज बाबिसले बुधबारबाट सबै विद्यालय बन्द गर्ने घोषणा गरेका हुन् ।
उनका अनुसार प्राथमिक र माध्यमिक तहका सबै विद्यालय बन्द गरिने र विश्वविद्यालय भने बन्द नहुने बताइएको छ। त्यसैगरी १०० जना वा सोभन्दा बढीको जमघट पनि निषेध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्