पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा आज (बुधबार) बिहानै शक्तिशाली बम विस्फोट भएको छ।

बिहान पौने ८ बजेतिर भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा ठूलो आवाजसहित बम विस्फोट भएको हो।

विस्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएका छन्।

madhy1

साथै बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि क्षति पुगेको छ। बमले घरको चार तला माथिको ढोकामा क्षति पुगेको छ। सिसा पनि फुटेका छन्।

घरअगाडि राखिएको बा १९ च ४७८१ नम्बरको भ्यान पनि क्षतिग्रस्त भएको छ।

घटनास्थलमा रहेका प्रहरी अधिकारीहरुले विस्फोटबाट मानवीय क्षति नभएको बताएका छन्।

madhya2

विस्फोट कसले र किन गरायो भन्ने एकिन भइनसके पनि प्रहरीले ‘प्रतिबन्धित समूह’ले गराएको हुन सक्ने अुनमान गरेर अप्रत्यक्ष रूपमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपालाई संकेत गरेको छ।

‘यो निकै ठूलो विस्फोटचाहिँ होइन, प्रतिबन्धित समूहले कुनै सन्देश दिने उद्देश्यले विस्फोट गराएको हुन सक्छ,’ घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले भने।

प्रेसर कुकर बम विस्फोट गराइएको प्रहरीले अनुमान गरेको छ। थप अनुसन्धानका लागि घटनास्थलमा अहिले नेपाली सेनाको टोली पुगेको छ।

 

घर सर्ने तयारि गर्दै गर्दा बिस्पोट 

घटनापछि नेपालखबरसँग प्रतिक्रिया दिदैँ बास्कोटाले भने, ‘छानविन हुनुपर्यो, सत्यतथ्य बाहिर आओस। सम्बन्धित निकायले छानविन गरोस्।’

साढे तीन तल्ला घरको एक तल्लाको काम सकाएर बाँकी काम जारी थियो।

निर्माण सकिएलगत्तै बास्काेटा घर सर्ने तयारीमा थिए।

मन्त्रीभएयता बास्कोटा भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीकाे नीजी निवासमा बस्दै आएका छन्।