राजविराज । हरेक वर्ष फाल्गुन शुक्ल पूर्णिमा तिथि अर्थात् होली पूर्णिमाको दिन मनाइने होली आज तराई मधेसमा मनाइँदै छ ।

राजविराज । फागुन पुर्र्णिमाको अवसरमा मङ्गलबार तराई मधेसमा खेलिने होली पर्वको अवसरमा सप्तरीको राजविराज नगरपालिका ८ स्थित हिमालेटोलमा बालबालिका होली खेलेर रमाइलो गरिँदै । तराई मधेसमा आज होली खेलेर यो पर्व मनार्इंदै छ । तस्वीर : अरुणकुमार यादव/रासस

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ३ मा मङगलबार एक आपसमा अबिर लगाएर होली खेल्दै बालबालिका । तराई मधेश क्षेत्रमा मङ्गलबार धुमधामकासँग होली पर्व मनाउँदै छ । तस्वीर : अजितकुमार झा/रासस