काठमाडौं । पछिल्लो समय नेपाली हास्य टेलिसिरियलहरूको भिडहरू भित्र एक आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको एक लोकप्रिय हास्य टेलिसिरियल हो सक्किगोनी । यस सिरियलमा नयाँ कलाकारहरूको आगमन बढ्दो रहेको छ । पुराना कलाकारहरू यथावत् नै रहे पनि कथाअनुसार सक्किगोनी टिमले नयाँ कलाकार प्रतिभाहरूलाई स्थान दिँदै आएको छ ।

केही समय अगाडि नयाँ कलाकारको रुपमा भित्रिएकी प्रियाना आचार्य रातारात भाइरल बनिन् । मधेसी हाउभाउमा प्रस्तुत भएकी प्रियाना “मुन्नी” नामले परिचित छिन् । सिरियलको सुरुवाती दिनमा जिग्रिको प्रेमिका बनेर अभिनय गरेकी मुन्नि अहिले बलेको प्रेमिका बनेकी छिन् ।

तस्बिर : उषा उप्रेतीको फेसबुकबाट

अब कुरा गरौं “सक्किगोनी” सिरियलमा पनि केही नयाँ अनुहारहरु देखा परेका थिए,जसमध्ये हरिश निरौला ‘कक्रोज’ को प्रेमिका बनेर देखा परेकी युवती अहिले निकै चर्चामा छिन् ।उनी को हुन,भन्ने धेरैको मनमा जिज्ञासा पक्कै पलाएको हुनुपर्छ,तर उनी परिचित नै अनुहार हुन् ।

पछिल्लो समयको लोकप्रिय एप टिकटक स्टार केही म्युजिक भिडियोमा संकेत अभिनय गरिसकेकी उषा उप्रेती हुन्,जो कक्रोजको प्रेमिका बनेर सिरियलमा प्रस्तुत भएकी थिइन् ।