सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने पक्राउ

सप्तरी । जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई सो सजायको फैसला गरेको हो ।
फरार रहेका आरोपितहरु शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय बबी चौधरी, १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा मुल्तबीमा राखिएको छ । पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालयमा वि सं २०७४ फागुन २८ गते उजुरी दिएका थिए ।
सामूहिक बलात्कारको आरोपमा एटलाण्टिक र अजय घटना लगत्तै पक्राउ परेका थिए भने मनोज र अर्जुन २०७४ चैत २६ गते वारेण्ट जारी भएपछि अदालतमा हाजिर भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्