चर्चित अभिनेत्री तथा राप्रपा संयुक्तकी सहमहामन्त्री रेखा थापाले आगामी निर्वाचनमा पुरुष उमेरद्वारलाई भोट नदिन आग्रह गरेकी छिन् । विश्वमा ५५ करोड महिला अझै अशिक्षित रहेको र प्रयेक ९० सेकेन्डमा एक महिला सुत्केरी हुन नपाएर मर्ने गरेका बेला नेपालमा भने महिला नेत्रीहरुको आवाजले महिलाको अवस्था केही हदसम्म सुध्रेको पनि बताइन्।

११० औँ अन्तरर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टस क्लब नेपालले आयोजना गरेको कार्यक्रमा बोल्दै थापाले नेपालमा आधा आकाश ढाक्ने महिलालाई ३३ प्रतिशत आरक्षण रहेपनि पूर्णरुपमा पालना नभएको र मानसिक रुपमा सबै परिवर्तन नभै हुन नसक्ने बताइन्। नेपालमा महिलाहरुलाई सडकदेखि सदनसम्म छोरी मान्छे नै बन्ने तालिम दिइएको र नेत्रीहरुले उपहारमा दिइएको पदले ठाउँमा पुगेर लाखौँ महिलाहरुको पीडा भुल्न नहुने पनि बताइन ।

नेपालमा क्षमतावान महिलाहरु रहेका छन्। आउँदो चुनावमा महिला प्रधानमन्त्री तथा कार्यकारी प्रमुख बनाउनका लागि चुनौती दिँदै पुरुषलाई भोट नदिन आग्रह गर्छु,’ उनले भनिन् । उनले कोटो प्रविधिको विरोधी भएको बताउदै भनिन्, सहरमा बसेर हामी नारी दिवस र महिला अधिकारको कुरा गछौं ।

त्यो कुराले कुनै गाउँमा कतिको छोएको छ भनेर बुझ्न जरुरी थियो । त्यसलै मैले छोरीको लागि स्वर्णिम नेपाल अभियान चलाएको थिए । छोरीसँग क्षमता हुदाँ हुदै पनि कोटा प्रयोग गरिन्छ ।कोटाले सिमित क्षेत्रमा मात्र कायम राख्छ ।

म कोटा प्रविधिको पहिलै देखि विरोधी हो । ‘छोरी मान्छेलाई सांसद देखि लिएर सडक सम्म छोरीनै बनाउने तालिम चै किन दिइन्छ ।’ यो मेरो प्रश्न परिवारलाई पनि, समाजलाई पनि र राज्यलाई पनि र नीति नियम बनाउने व्यक्तिहरुलाई पनि हो ।