श्रीमतीको जन्मदिनमा ब्लड क्यान्सर पिडितलाई सहयोग

देशका विभिन्न स्थानमा आफ्नो जन्मउत्सव मनाउने पछिल्लो समयमा निकै लहर झै बनेको छ । त्यसैमा जन्मदिनमा ठुलो ठुलो होटेल लजहरुमा गएर केक काटेर वियर र हुस्कीसंगै आफ्नो जन्म दिन मनाउने परम्परा नै चलिरहेको छ । कुनै कुनै ठाउमा कुनै व्यक्तिले मात्रै सामाजिक कामका लागि आफ्नो जन्मदिनको खर्च प्रयोग गरिरहेका छन् । त्यसैका एउटा पात्र हुन सुन्दरहरैचा, ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकि । बुढाथोकीले आफ्नो श्रीमतीको जन्मोत्सवको अवसर पारी ब्लड क्यान्सर पिडित एक युवालाई आर्थिक सहयोग गरेका छन ।
प्रहरी निरिक्षक बुढाथोकीले आफ्नी श्रीमति रोशीका बुढाथोकी (दाहाल) को जन्मोत्सवको अवसर पारी मकालु टेलिभिजनमा कार्यरत पत्रकार कमल पौडेलको स्वास्थ्य लाभको कामना गर्दै बिहीबार आर्थिक सहयोग गरेका हुन ।
उतरी मोरङमा रहेर सञ्चार क्षेत्रमा रहेका उतरी मोरङका विभिन्न स्थानीय तहहरु बेलबारी, सुन्दरहरैचा, केराबारी र लेटाङबाट कमल पौडेल बचाउ अभियान लिएर आर्थिक संकलन गरिरहेका सञ्चारकर्मीहरुलाई बिहीबार बुढाथोकीले रु ६ हजार ५ रुपैया सहयोग गरेको आर्थिक संकलन समितिका सदस्य राज पोखरेलले बताए ।
प्रहरी निरीक्षक बुढाथोकीले उक्त रकम समितिका सदस्य पोखरेललाई बिहीबार हस्तान्तरण गरेका हुन । उतरी मोरङका विभिन्न स्थानीय तहमा रहेर सञ्चार क्षेत्रमा कृयाशील रहेका सञ्चारकर्मीहरुले संंयुक्त रुपमा पौडेलको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न संघ सस्था र व्यक्तीसग रकम संकलन गरिरहेका छन ।
प्रतिक्रिया दिनुहोस्