प्रियंका र आयुषमानले गरे ट्याटु सहितको अङ्गप्रदर्शन

नेपाली सिनेमा क्षेत्रका चर्चित अनि सधै लाईमलाईटमा रहने प्रेमी जोडी हुन आयंका अर्थात आयुषमान देसराज जोशी र प्रियंका कार्की । पछिल्लो समय यी दुईको प्रेम र केयरदेखेर डाहा नगर्नेहरु कमै होलान् ।
केही समय अगाडी इन्गेज्मेण्ट गरेका प्रियंका आयुषमानले सुरुवाती दिनहरुमा आलोचना भोगेपनि अहिले पनि पहिलेको जस्तो अवस्था त्यती छैन ।अर्काे बर्ष बिवाह गर्ने तयारीमा रहेका यी दुईले आफनो प्रेमलाई फरक फरक ढंगले पस्किरहेका छन् । केही समय अगाडी प्रियंकाले आयुषमानप्रतिको प्रेम दर्शाउँन आफनो गर्दन आयंका नाम खोपेकी थिईन ।
आयुषमान पनि के कम । उनले पनि हालै आफनो छातीभन्दा केही तल आयंका नामको ट्याटु खोपेका छन् । यी दुई एक अर्कालाई अथाह माया गर्ने देखाउँन कुनै कसर गरिरहेका छैनन् । हेरौँ उनीहरुको मायाले पनि सुखद अनुभुती भबिष्यमा पनि पाउँन सक्छ सक्दैन ।
उता प्रियंका आयुषमानको प्रेम सम्बन्ध कै कारण म्युजिक भिडियो र फिल्महरुमा निकै अफर आउँन थालेका छन् । हालै मात्र यो जोडी राधा २ मा आवद्ध भएका छन् । प्रियंका आफुहरुको डिमाण्ड हुने गरेको दाबी गर्छिन् भने कतिले उनले आयुषमानको नाम सिफारिस गर्ने गरेको पनि चर्चा छ ।
प्रतिक्रिया दिनुहोस्