दुई राप्रपा बिच एकीकरणको सहमति

काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (राप्रपा) र पशुपति शमशेर जबरा, डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा सन्युक्तबिच एकीकरण हुने भएको छ ।
शानिबार साँझ बसेको दुई पार्टी बिचको बैठकबाट उक्त सहमति भएको प्रेस विज्ञप्ति मार्फत जनाइएको छ ।
पार्टी एकीकरणको सहमति भएको बारे जानकारी दिँदै पार्टी अध्यक्ष कमल थापाले जानकारी समेत दिएका छन् ।
भर्खरै-
सम्पूर्ण राष्ट्रवादीहरुलाई खुसीको खवर
देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उदेश्यका साथ तथा,
सदैव एकताबद्ध रहने प्रण सहित राप्रपा र राप्रपा (संयुक्त)का बिच एकिकरण गर्ने निर्णय गरेका छौंएकिकरणको औपचारिक घोषणा सभा फागुन २८ गते हुनेछ pic.twitter.com/ES77GUw5Rq
— Kamal Thapa (@KTnepal) March 7, 2020
पार्टी एकीकरणको औपचारिक घोषणा फागुन २८ गते गरीने विज्ञप्तिमा जनाइएको छ ।
सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, र राप्रपा संयुक्तका डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले हस्ताक्षर गरेका छन्।
पार्टी एकीकरण गर्ने निर्णय भएको राप्रपा अध्यक्ष थापाले ट्विट गर्दै जानकारीसमेत दिएका छन्।
आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने र सो समयसम्मका लागि तीनै जना अध्यक्ष रहने समेत सहमतिमा हस्ताक्षर भएको छ।
प्रतिक्रिया दिनुहोस्