तपाईलाई थाह छ ? के हो शाकाहारी कण्डम ?

काठमाडौं । सन् २०१५ मा फिलिप सिफर र वाल्डेमर जाइलर आफ्नो नयाँ कारोबारका लागि पैसा जम्मा गर्दै थिए । सिफर भन्छन्, ‘पैसा सहयोग दिनेहरूले सोध्ने गर्दथे– के कण्डम शाकाहारी हो ?’
सिफर र जाइलरलाई त्यसबेलासम्म पनि कण्डमको रबरलाई मुलायम बनाउनका लागि जनावरको प्रोटिनको प्रयोग गरिन्छ भन्ने जानकारी थिएन ।
बर्लिनका दुवै उद्यम पर्यावरणप्रति जागरुक ग्राहकका माध्यमबाट ८ अर्ब डलरको वैश्विक कण्डम बजारमा आफ्नो स्थान बनाउन कोसिस गरिरहेका थिए । यस्ता मानिसहरूको संख्या धेरै थियो ।
चार वर्षपछि टिकाउ र शाकाहारी उत्पादनको उनको ब्रान्डको वार्षिक कारोबार ५० लाख युरोसम्म पुग्यो । उनको कम्पनीको नाम हो, आइन्हर्न । जसको जर्मन अर्थ युनिहर्न हुन्छ । यस शब्दको प्रयोग १ अर्ब डलरको कारोबार गर्ने वालिस्टार्ट–अप कम्पनी (जस्तो एयरबन्ब र डेलिभेरो) का लागि गरिन्छ ।
सिफर र जाइलरको कम्पनी अझैसम्म पनि यो अवस्थामा पुगेको छैन । तरऽ यो कम्पनी दिगो पर्यावरणलाई केन्द्रमा राखेर कारोबार स्थापित गर्नमा सफल भएको छ । यसमा कारोबारी समूहका लागि सम्भावनाको नयाँ ढोका खुला छ ।
जर्मनीमा गर्भनिरोधका लागि गोलीपछि कण्डम दोस्रो लोकप्रिय उपाय हो । तरऽ आफ्नी केटी साथी (गर्लफ्रेन्ड) सँगै किन्न आउँदा सिफरलाई आफ्नो ब्रान्डिङ पुरानो लागेको थियो । उनलाई लाग्यो, आफ्ना उपभोक्ता शायद नयाँ पर्यावरण–अनुकूल वैकल्पिक उत्पादन मन पराउँछन् ।
जाइलर पहिले यो कुरा मन पराउँदैन थिए । तर, अहिले फेरि उनी यसमा सहमत छन् । उनको यो उत्पादन ई–व्यापारका लागि आदर्श लाग्यो । उनी यस्तो कारोबार खडा गर्न चाहन्थे, जुन धर्तीका लागि मात्रै नभएर कम्पनीका श्रमिकका लागि समेत सही र टिकाउ होस् ।
उनी १० वर्षदेखि स्टार्टअप व्यापारमा थिए र आफ्नो सपना साकार पार्ने बाटो खोजिरहेका थिए । सिफर बच्चा हुँदा नै ठूलो भएर के बन्ने भनेर कसैले सोध्यो भने उत्तर दिन्थे– करोडपति बन्न चाहन्छु ।
१० वर्षसम्म उद्यमी बनेपछि उनी आफू र सहयोगी साथीहरूसँगै करोडपति बन्दै थिए, तर खुशी थिएनन् । कारोबार सुरु गर्नका लागि उनले सुरुमा ‘क्राउड फन्डिङ’ को सहारा लिए । जसबाट उनले १ लाख ११ हजार डलर जुटाए ।
यही पुँजी नै शाकाहारवाद आइन्हर्नको ‘प्रोडक्ट प्लानिङ’ को हिस्सा बन्यो । सिफर सजिलै बेच्न सकिने उत्पादन बनाउन चाहन्थे । जसलाई अनलाइनमा पठाउन सकियोस् र फिर्ता गरिरहन नपरोस । उनले भने, ‘कण्डम हाम्रा लागि सही उत्पादन थियो । पहिले हामीले यो शाकाहारी हुन्छ या हुँदैन भन्ने पनि सोचेका थिएनौं ।’
भेडाको आन्द्राबाट कण्डम बनाउने दिन गइसकेका छन् । तर, बजारमा उपलब्ध धेरैजसो विकल्प अहिले पनि पशुको प्राेटिन केसिन नै हुन्छ । कण्डम बनाउन चाहिने प्रमुख पदार्थ रबर हो । जसलाई एसियाका उष्ण क्षेत्रमा पाइने रबरका रुखबाट निकालिन्छ ।
केसिन प्रोटिन व्यापक रूपमा स्तनधारीको दूधबाट पाइन्छ । जसले रबरलाई नरम बनाउँछ । आइन्हर्नले केसिन प्रोटिनको प्रयोग गरेन । साे कम्पनीले प्राकृतिक रुखबाट पाइने पदार्थलाई रोज्यो ।
त्यसमाथि रबर पर्यावरणमा समेत ख्याल राख्दै यो रोजिएको थियो । आइन्हर्न शाकाहारी कण्डम बनाउने पहिलो कम्पनी होइन । उत्तर अमेरिकी ब्रान्ड ग्लाइडले २०१३ मा नै शाहाकारी कण्डम बनाएको थियो ।
त्यस समयमा कण्डम बजारमा विकल्प आइसकेको थियो । सन् २०२६ सम्ममा यसको बजार १५ अर्ब डलरसम्म पुग्ने अनुमान छ । शाकाहारी कण्डमको बजार अहिले पनि नयाँ छ ।
आइन्हर्नका धेरैजसो ग्राहक २० देखि ४० वर्षबीचका रहेका छन् र ६० प्रतिशत महिला ग्राहक छन् । सिफर भन्छन्, ‘अहिले पनि धेरै मानिसहरू कण्डमजस्ता वस्तु किन्न लजाउँछन् र किनेको समयमा अरु सामानले छोप्छन् । यस कारण हामी ग्राहकसमक्ष टिकाउ सामान लिएर जान चाहन्थ्यौं र डिजाइन राम्रो बनाएर ग्राहकलाई आकर्षित गर्न चाहन्थ्यौं ।’
प्रतिक्रिया दिनुहोस्