मोरङमा टिफरको ठक्करबाट २ जनाको मृत्यु

मोरङ । बिराटनगर महानगरपालिका १९ मिलन चोकस्थित सडकमा को १ ख २९१७ नम्बरको टिपरले प्रदेश १ ००२ ह ८६०६ नम्बरको टेम्पोलाई मंगलबार राति ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा अटो चालक ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनकै नातिनी ६ वर्षीया सबिता सरदार रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्