बझाङ । दुर्गाथली गाउँपालिकामा बहिनी बलात्कार गर्ने एक शिक्षक फरार भएका छन् । मानसिक सन्तुलन ठिक नभएकी बहिनीलाई पटक पटक करणी गरेका शिक्षक गर्भ रहेपछि फरार भएका हुन् । गाउँ पालिकाको वडा नम्बर ४ स्थित भैरव निमाविका शिक्षक शिवराज जोशी र थलीचौर माविमा कार्यरत वसन्त ओलीले मानसिक सन्तुलन गुमाएकी किशोरीलाई विभिन्न पटक करणी गरेका हुन् ।

शिक्षकद्वय जोशी र ओलीले किशोरीलाई गएको जेठदेखि विभिन्न पटक करणी गरेको रहस्य खुलेको छ । किशोरी गर्भवती भएपछि उनीलाई जोशी र ओलीले करणी गरेको खुलेको हो । किशोरीको पेटमा अहिले ७ महिनाको गर्भ  छ । किशोरी गर्भवती भएपछि उनका आफन्त र छिमेकीले शिक्षकद्वयलाई कारबाही गर्न माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । ‘शिक्षकहरुबाट यस्तो कुकृत कार्य भएको रहेछ’ उपेन्द्र रेग्मीले भने, ‘कारबाहीको लागि प्रहरीका उजुरी दिएका छौं । त्यस्ता शिक्षकलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

किशोरीमा आफन्त न्याय खोज्न सदरमुकाम चैनपुमा आएका छन् । गर्भवती किशोरीलाई सदरमुकामस्थित महिला सुरक्षित आवास गृहमा राखिएको छ। आवास गृहमा हिसां तथा अन्यायमा परेका महिलालाई राख्ने गरिन्छ । महिला सु’रक्षित आवास गृहले पीडित महिलालाई खाने, बस्ने व्यवस्थाको साथै कानूनी सहयोग समेत गर्दै आएको छ ।