गोरखामा १३ बाँदरले यसरी गरे समूहीक आत्महत्या !

गोरखा । गोरखाको लक्ष्मिबजारमा रहेको एक पोखरीमा १३ वटा बाँदरले सामूहीक आत्महत्या गरेका छन् ।गोरखा नगरपालिका ९ को शिखर डाँडामा रहेको पोखरीमा पानी खेल्ने क्रममा डुबेर उत्त संख्यामा बाँदरको मृत्यु भएको हो ।आगलागिका बेला दमकलको लागि पानी भर्न सजिलो होस भनेर निर्माण गरीएको पोखरीमा मंगलबार दिउँसो यस्तो घटना भएको हो ।
‘पहिले एउटा बाँदर पोखरीमा डुबेको थियो । हेर्दा हदै हुलै आएर पानीमा होमियो । निस्कन सकेनन् अनि मरे । हेर्दा सामूहीक आत्महत्या गरेको जस्तै देखियो ।’ एक स्थानियले भने ।
हेर्दा आत्महत्या जस्तो देखिए पनि पहिले एउटा बाँदर डुबेको र बाकीँ बाँदर बचउँन गएका थिए । तर उक्त पोखरीको भित्री भाग चिप्लो भएका कारण पनि बाहिर आउन नसकेर बाँदरको ज्यान गएको अनुमान गरीएको छ ।
सबै बाँदरलाई स्थानियले खाडल खनेर गाडेका छन् । पानीमा डुबेर यती संख्यामा बाँदरको ज्यान गएको यो नै जिल्लाको पहिलो घटना हो ।
प्रतिक्रिया दिनुहोस्