काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषदले राष्ट्रिय सभामा सिफारिस गर्ने सचिवालयको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्नैपर्छ विश्वास ब्यक्त  गरेपछि प्रधानमन्त्री ओलीले अब के गर्लान भन्ने धेरैको चासोको बिषय बनेको छ  ।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले  नेकपाका नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मानोनित गर्ने निर्णय गरेपछि प्रधामन्त्री रुष्ठ बनेका थिए । सो लगतै वरिष्ठ नेता माधब नेपालमार्फत युवराज खतिवडालाई हटाउने षड्यन्त्र भएको आरोप लगाएका थिए । साथै बामदेबलाई तत्कालै राष्ट्रियसभामा लैजान सकिन्न भन्ने उनको तर्क थियो ।

यदि प्रधानमन्त्रीले डा. युवराज खतिवडाको कार्यकाललाई नै निरन्तरता दिने हो भने उक्त करा सचिवालय बैठकमा पनि प्रस्ट पर्नुपर्ने थियो । माधव नेपाललाई बालुवाटार बोलाएर सचिवालय निर्णय विपरीत बोल्नुपर्ने बाध्य उनलाई कसले बनायो ?

नेकपाका बरिष्ठ नेता झलनाथ खनालका  पार्टीले निर्णय गरिसकेपछि यदि अध्यक्षबाटै साे कुराको उल्लङ्घन भयो भने उनलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको पदमा बस्ने नैतिक धरातल गुमाउने छन् । भर्खरै भएको बाँस्कोटा प्रकरण बाट प्रधान मन्त्रीलाई नैतिक प्रश्न उब्जिसकेको अवस्थामा नेकपाका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ को आजको अभिव्यक्ति पछी प्रधानमन्त्री तथा उनको सरकारलाई थप अन्योल पर्ने निश्चित छ ।

अब उनले लिने निर्णयले नेकपाको आन्तरिक राजनीति, पार्टीको तथा सरकारको भबिष्य निर्दिष्ट गर्ने देखिन्छ । उनको निर्णय सोचबुझपूर्ण भएन भने पार्टी धरापमा पर्ने प्राय निश्चित नै छ ।