मन्त्रिपरिषद्काे निर्णयसँगै थपियाे डिजेल र पेट्रोलमा कर

काठमाडौं । अब डिजेल र पेट्रोलमा १०/१० रुपैयाँ विकाशकर लाग्ने भएको छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ पुर्याएको छ ।
बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।
गत फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने निर्णय गरेको हो ।
बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लगाउन थालेको थियो । अहिले आएर सो कर रु ५ थपेर रु १० पुर्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्