चैत्र पाँच अगाडि नै नयाँ गभर्नर नियुक्ति हुने पक्का

काठमाडौँ । नेपाल राष्ट्रिय बैङ्कको नयाँ गभर्नर चैत्र पाँच अगाडि नै नियुक्त भइसक्ने पक्का भएको छ ।
अर्थ तथा सञ्चारमन्त्री समेत रहेका डा. युवराज खतिवडाले बिहीबार सञ्चार तथा सूचना मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बाेल्दै उक्त कुराको जानकारी दिएको हुन् ।
नयाँ गभर्नर को बन्छ भनेर पत्रकारले राखेको प्रश्नमा बोल्दै मन्त्री खतिवडाले भने ‘को बन्छ भन्ने कुरा भए पछि नै थाहा होला । म यहाँहरूलाई यति चाहिँ जानकारी दिन सक्छु गभर्नर चैत पाँच भन्दा अगाडि नै नियुक्ति हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्