काठमाडौं । बुधवार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार फेरी उकालो लागेको छ ।

बिहीबार तोलामा दुई सय रुपैयाँले बढ्दै ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।

सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी बिहीबार तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।