काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ५०.९३ ले बढेर एक हजार ५९६.१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ९.४९ ले वृद्धि भई ३३६.०५ मा पुगेको छ ।

नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । आज चार अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ बराबरको शेयर कारोवार भयो । याे नेप्सेकाे इतिहासमा हाल सम्मकै उच्च काराेबार हाे ।