जेठ १० २०८२, शुक्रबार
283135891_1780574442112830_7472321566413917668_n-png
News Namastee
nn-logo-png
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • खेल
  • प्रविधि
    • बिज्ञान
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • विचार
  • अन्य
    • स्वास्थ्य
    • लोकप्रिय
    • धर्म
    • पत्रपत्रिका
News Namastee
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • खेल
  • प्रविधि
    • बिज्ञान
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • विचार
  • अन्य
    • स्वास्थ्य
    • लोकप्रिय
    • धर्म
    • पत्रपत्रिका

दिल्ली हिंसामा मृत्यु हुनेको स‌ंख्या २० पुग्यो, परिस्थिति अझै नाजुक (फोटा फिचर)

ktmlabs
ktmlabs
फागुन १४ गते, २०७६ १३:२५ मा प्रकाशित
plus-size-jpg hotel-maxx-jpg

नयाँदिल्ली, एएफपी । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार  दिउँसाे सम्म एक प्रहरी अधिकृत सहित २० जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् ।

जिटीबी अस्पतालले बुधबार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेहरुमा प्रदर्शनकारी र प्रहरीहरु रहेका छन् । नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ । मङ्गलबार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग कुराकानी गर्नु भएको छ ।

दिल्ली उच्च अदालतको मङ्गलबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र घाइतेहरुको उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ । हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भिडलाई तितरबितर बनाएको छ । यो भिडमा खासगरी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य समेत रहेका थिए ।

उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए । गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिक कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुबीच हिंसात्मक झडप शुरु भएको थियो । यो हिंसाले सोमबार र मङ्गलबार निकै डरलाग्दो रुप लिएको थियो । मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ ।

नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ । नयाँ कानुन अनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तर तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसंख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।

tech1-jpg

प्रतिक्रिया दिनुहोस्

थप शीर्षकहरु

चीनमा खाेलियाे विश्वको सबैभन्दा दोस्रो ठुलो एप्पल स्टोर

चैत ११ गते, २०८०

बालबालिकाको यौनशोषण गर्नेलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव पारित

फागुन १ गते, २०७६

वुहानका सबै मानिसको कोरोना परीक्षण गर्दै चीन

वैशाख ३० गते, २०७७

छुटाउनुभयो कि?

  • सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि उडान ठप्प
  • नाम्खा बाढीको कारण पत्ता लगाउन विज्ञको टोली हुम्ला आइपुग्यो
  • राजधानीमा राप्रपाको मोटरसाइकल र्‍याली
  • विपक्षीहरुको नाराबाजीका बिच प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा
  • विपक्षी दलले सडक र सदनबाट संसदीय समिति गठनको माग गर्ने निर्णय

Tags

#दुर्घटना अश्लिल भिडियो आगलागी आत्महत्या एमसिसी एम्बुलेन्स ओली कमल थापा काँग्रेस कोरोना कोरोना भाइरस कोरोना संक्रमित जबरजस्ती करणी ट्रम्प डलर तरकारी दुर्घटनाको कारण खुल्यो नेकपा नेपाल भ्रमण वर्ष नेप्से पक्राउ पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल पेट्रोल प्रचण्ड प्रधानमन्त्री बलात्कार बलात्कृत बाँके बाँस्कोटा बैंक मदिरा महरा महरा प्रकरण मास्क मृत्यु रशिफल राजनीति राशिफल लकडाउन विवाह शिवरात्रि सन्दीप लामिछाने सुन सुनको मूल्य ‘निगु पुखुः’
News Namastee

Head office:
Dhumbarahi-4, Kathmandu, Nepal
Contact : 9851155102
Lumbini Province Office:
Kohalpur-11, Banke
Contact: 9860097087, 9869357464
Email: [email protected]

सुचना तथा प्रसारण विभाग २७९४/२०७८/०७९

नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • खेल
  • पत्रपत्रिका
  • पर्यटन

सम्पादकीय

अध्यक्ष/ प्रधान सम्पादक : श्रीधर सुवेदी

सम्पादक : नमराज जैसी

हाम्रो बारे

  • हाम्रो बारे
  • हाम्रो टिम

ट्याग

#दुर्घटना अश्लिल भिडियो आगलागी आत्महत्या एमसिसी एम्बुलेन्स ओली कमल थापा काँग्रेस कोरोना कोरोना भाइरस कोरोना संक्रमित जबरजस्ती करणी ट्रम्प डलर तरकारी दुर्घटनाको कारण खुल्यो नेकपा नेपाल भ्रमण वर्ष नेप्से पक्राउ पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल पेट्रोल प्रचण्ड प्रधानमन्त्री बलात्कार बलात्कृत बाँके बाँस्कोटा बैंक मदिरा महरा महरा प्रकरण मास्क मृत्यु रशिफल राजनीति राशिफल लकडाउन विवाह शिवरात्रि सन्दीप लामिछाने सुन सुनको मूल्य ‘निगु पुखुः’
© 2025 News Namastee All Rights Reserved.
Developed By: KTM Labs