यिनै हुन् सात तला माथिबाट हाफालेर आ’त्मह’त्या गर्ने धरानकी चेली

काठमाडौँ । धरानकी युवतीले हङकङमा छतबाट हामफालेर आत्मह’त्या गरेकी छिन्। शनिबार धरान १९ भि’क्टोरीयन चौक कि २७ वर्षीय बृषीका राइले हङकङ स्थित वान चाइ रोड स्थित ७ तलाको एक निजि आवाशिय भवनबाट हामफालेर आत्महत्या गरेकी हुन् ।
राईले आत्महत्या गर्न लागेको देखेर स्थानियले प्रहरीलाई खवर गरेसंगै प्रहरी र उ’द्दारकर्मी घ’टनास्थलमा पुगेपछि उद्दारकर्मीहरुको अनुरोध पश्चात सुरक्षित स्थानमा फर्किन राजी भएपनि अचानक भवनबाट तल खसेकी उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घटना पछि राईको उपचारका क्रममा रोतोन्जी अस्पताल मृत्यु भएको जानकारी प्रप्त भएको छ ।
दुई दाजु र एक दिदि रहेकी राईका एक दाजु र आमा युके बस्दै आएका र आमा संग केहिसमयदेखी बोलचाल नभएको जानकरी प्रप्त भएको बताउदै धरानका १९ का वडाध्क्ष पूर्ण बहादुर लिम्बुले मृ’तक धरान १९ कै रहको बताएका छन् । उनले दिदि कल्पना राई सिङ्गापुरमा भएकोले शव बुझ्न दिदि गएको जानकरी पाएको बताएका छन् ।आत्महत्याको कारण डिप्रेसन भएको हुनसक्ने बुझिएको भन्दै वडाध्क्ष लिम्बुले भने ‘धरानमा कान्छी भाउजु मात्र हुनुहुन्छ ।
घटनाको प्रत्यक्षदर्शीहरुको अनुसार दुर्घटना पुर्ब उक्त महिलाको अनौठो गतिविधि देखे पछि सहयोगको लागि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको उपस्थिति सङ्गै उद्दारकर्मीहरुको अनुरोध पश्चात तिनि सुरक्षित स्थानमा फर्किन राजी भएकी थिईन। तर फर्कने क्रममा अचानक सन्तुलन गुमे पछि उनी खसिन। सडकमा टाउको ब’जारिएको घा’इते महिला लाई उपचारका लागी एम्बुलेन्सद्वारा नजिकको रोतोन्जी अस्पताल लगिएको थियो।
अस्पताल पुर्याईए पश्चात तिनलाई मृत घोषणा गरिएको थियो। प्राप्त जानकारी अनुसार आत्महत्या गर्नु पुर्ब मृतकले फोन मार्फत सिङ्गापुरमा रहेकी आफ्नी दिदी सङ्ग लामो कुराकानी गरेको समेत खुल्न आएको छ।आत्महत्याको रहस्य बारे प्रहरीले अनुसन्धान शुरु गरेको छ।
हङकङको जनसंख्या करिब ७५ लाख रहेको छ। हरेक १ लाख मध्ये १२ जनाले आत्महत्या गरेर ज्यान गुमाउछन। आत्मह’त्या गर्नेमा महिला भन्दा पुरुष सङ्ख्या दोब्बर रहेको छ। हरेक १ लाख पुरुषहरु मध्ये १६.२ ले आत्महत्या गर्ने गरेका छन भने १ लाख महिलाहरुमा ८.८ ले आत्महत्या गरेको छ ।
प्रतिक्रिया दिनुहोस्