काठमाडौँको बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजु स्थित गंगाहल अगाडि भएको दु’र्घटनामा ज्यान गुमाउनेमा मोटरसाईकल चालक नुवाकोटका निखिल तामाङ रहेका छन् । यस्तै मोटरसाइकलमा सवार गम्भीर घाइते नुवाकोट ककनीका रुपेश तामाङको उपचारका क्रममा निधन भएको छ ।
बालाजुतर्फ आउँदै गरेको बा२ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ७८ प १४० नम्बरको मोटरसाइकल राति सवा ११ बजे आपसमा ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखा माछापोखरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घा’इते भएका चालक ककनी गाउँपालिका साबिक मदानपुर-८ घर भएका २२ वर्षीय निखिल तामाङ र रुपेश तामाङको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्सीसहित चालकलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्