वैशाख १८ २०८३, शुक्रबार
283135891_1780574442112830_7472321566413917668_n-png
News Namastee
nn-logo-png
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • खेल
  • प्रविधि
    • बिज्ञान
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • विचार
  • अन्य
    • स्वास्थ्य
    • लोकप्रिय
    • धर्म
    • पत्रपत्रिका
News Namastee
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • खेल
  • प्रविधि
    • बिज्ञान
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • विचार
  • अन्य
    • स्वास्थ्य
    • लोकप्रिय
    • धर्म
    • पत्रपत्रिका

नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि, कारोवार रकम २ अर्ब ९९ कराेड

ktmlabs
ktmlabs
फागुन १३ गते, २०७६ १६:२९ मा प्रकाशित
royal-sst-1-png

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ ।

नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर कारोवार भयो । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर वृद्धि भएको छ ।

त्यसमा बैंकिङ १२.८९, व्यापार ४७.०९, होटल ११.२२, विकास बैंक ४४.४९, जलविद्युत् ४६.५१, वित्त १९.४२, निर्जीवन बीमा ३०७.०९, उत्पादन ११८.४२, अन्य ५१.०३, लघुवित्त ८३.४४, जीवन बीमा ६७३.४९ र सामूहिक लगानी कोष ०.०९ ले वृद्धि भयो । स्टकका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १६ करोड ३३ लाख ५१ हजार १६८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १४ करोड ३६ लाख १५ हजार १८२, शिखर इन्स्योरेन्स कम्पनी रु १० करोड ६५ लाख ३४ हजार ३६२, नेको इन्स्योरेन्स रु नौ करोड ४२ लाख ७७ हजार ५७९, एनएमबी बैंक रु नौ करोड ३५ लाख नौ हजार ६६६ र एनआइसी एशिया बैंकको रु नौ करोड सात लाख ५५ हजार ८५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा युनिलिभर नेपाल ९.९९, शिखर इन्स्योरेन्स ९.९८, र लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.९३ प्रतिशतले कमाए । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ३.६३, प्रोगेसिभ फाइनान्स २.६७, रिलायन्स फाइनान्स २.६४, एभरेष्ट बैंक १.९२, एनआइब्एिल प्रगति फण्ड १.१७ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ०.७६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

थप शीर्षकहरु

भारतले जनकपुरधामको विकासका लागि एक सय करोड छिटै उपलब्ध गराउने

मंसिर २ गते, २०७८

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा राजश्व सङ्कलनमा कमी

मंसिर १८ गते, २०७६

सञ्चयकोषले जग्गा खरिदका लागि सापटी दिने

मंसिर २ गते, २०७८

छुटाउनुभयो कि?

  • अब लाइन होइन, अनलाइन : देशभरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै
  • पुरानै शैली र प्रवृत्ति तोड्ने बजेट ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
  • नापी र मालपोत सेवा अब स्थानीय तहमै, २०७ पालिका इच्छुक
  • रोल्पामा जिप दुर्घटना, २० जनाको घटनास्थलमै मृत्यु (अपडेट)
  • हात्तीको आक्रमणबाट दुई जना घाइते

Tags

#दुर्घटना अश्लिल भिडियो आगलागी आत्महत्या एमसिसी एम्बुलेन्स ओली कमल थापा काँग्रेस कोरोना कोरोना भाइरस कोरोना संक्रमित जबरजस्ती करणी ट्रम्प डलर तरकारी दुर्घटनाको कारण खुल्यो नेकपा नेपाल भ्रमण वर्ष नेप्से पक्राउ पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल पेट्रोल प्रचण्ड प्रधानमन्त्री बलात्कार बलात्कृत बाँके बाँस्कोटा बैंक मदिरा महरा महरा प्रकरण मास्क मृत्यु रशिफल राजनीति राशिफल लकडाउन विवाह शिवरात्रि सन्दीप लामिछाने सुन सुनको मूल्य ‘निगु पुखुः’
News Namastee

Head office:
Dhumbarahi-4, Kathmandu, Nepal
Contact : 9851155102
Lumbini Province Office:
Kohalpur-11, Banke
Contact: 9860097087, 9869357464
Email: [email protected]

सुचना तथा प्रसारण विभाग २७९४/२०७८/०७९

नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • खेल
  • पत्रपत्रिका
  • पर्यटन

सम्पादकीय

अध्यक्ष/ प्रधान सम्पादक : श्रीधर सुवेदी

सम्पादक : नमराज जैसी

हाम्रो बारे

  • हाम्रो बारे

ट्याग

#दुर्घटना अश्लिल भिडियो आगलागी आत्महत्या एमसिसी एम्बुलेन्स ओली कमल थापा काँग्रेस कोरोना कोरोना भाइरस कोरोना संक्रमित जबरजस्ती करणी ट्रम्प डलर तरकारी दुर्घटनाको कारण खुल्यो नेकपा नेपाल भ्रमण वर्ष नेप्से पक्राउ पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल पेट्रोल प्रचण्ड प्रधानमन्त्री बलात्कार बलात्कृत बाँके बाँस्कोटा बैंक मदिरा महरा महरा प्रकरण मास्क मृत्यु रशिफल राजनीति राशिफल लकडाउन विवाह शिवरात्रि सन्दीप लामिछाने सुन सुनको मूल्य ‘निगु पुखुः’
© 2026 News Namastee All Rights Reserved.
Developed By: KTM Labs